भैरहवा । मंसिर ९ देखि १४ सम्म लियो क्लब अफ भलवारीले अभिषेक चौधरी को संयोजकतामा साप्ताहिक कानुनी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम सिद्धार्थ नगरपालिकाभित्र रहेका समुदाय र संस्थागत विद्यालयहरूमा सञ्चालन गरिएको थियो।१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानलाई मध्यनजर गर्दै आयोजित यस कार्यक्रममा कानुनी ज्ञान र अधिकार सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षकहरू:
लियो अप्सरा कुँवर – (कानुन र मौलिक अधिकार)
लियो अमित कुमार गौड – (महिला र बालबालिकाको अधिकार)
लियो अनिशा पन्त – (लैङ्गिक हिंसा)
साथै, कार्यक्रममा स्वयंसेवकहरूको सक्रिय सहभागिता रह्यो, जसमा लियो दिलीप कुमार र लियो गणेश शर्माको भूमिका उल्लेखनीय थियो।
उक्त कार्यक्रमले कानुनी ज्ञान अभिवृद्धि गर्दै लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यलाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेको छ।

By Hari Kc

Leave a Reply

Your email address will not be published. Required fields are marked *